गण्डकी प्रदेशकै उत्कृष्ट तनहुँको वन कार्यालय
तनहुँ | जेठ १८, २०७९
तनहुँ: तनहुँको डिभिजन वन कार्यालय गण्डकी प्रदेशकै उत्कृष्ट भएको छ । मुख्यमन्त्रीको कार्यालयले बनाएको विभिन्न सूचकका आधारमा भएको मूल्याङ्कनमा गण्डकी प्रदेश मातहतभरिका १०५ मध्ये सो कार्यालय उत्कृष्ट बनेको हो ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र प्रमुख सचिव रविलाल पन्थले डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेलाई हालै नगद रु ३० हजारसहित प्रमाणपत्रले पुरस्कृत गर्नुभयो ।
प्रदेश सरकारको मूल्याङ्कनमा सुशासन तथा पारदर्शी ढङ्गले काम गर्ने शैली, सबै सरोकारवालालाई समेटेको, पार्क निर्माण गरी आम्दानी गरेर दिगोरुपमा व्यवस्थापनको मोडालिटीसमेत तयारी कार्यसम्पादन गरेको, मानव र वन्यजन्तु द्वन्द व्यवस्थापनमा अनुकरणीय काम गरेको, वासस्थान, व्यवस्थापन र जनचेतनामूलकलगायतका कार्य प्रभावकारीरुपमा सञ्चालन गरेकाले उत्कृष्ट बन्न सफल भएको जनाइएको छ ।
त्यसैगरी, चोरी शिकारी नियन्त्रण राजस्व बढाएको, बेरुजु शून्य, नर्सरी बिरुवा गाउँमै वितरण गर्ने, आगलागी नियन्त्रणमासमेत सो कार्यालयले राम्रो काम गरेको जनाइएको छ । सामुदायिक वनको आम्दानीबाट विपन्नको आयआर्जन बढाउनेजस्ता कार्यले पनि सो डिभिजन वन कार्यालय चर्चामा आएको थियो ।
सव डिभिजनस्तरीय नर्सरीमा स्तरोन्नति, उच्चस्तरीय प्रजाति केन्द्रीत उत्पादन, फलफूल, बिरुवा लक्षित समूह केन्द्रित अनुकरणीय तथा विविध अभियानलगायतका काम गरेका कारणले सो कार्यालय पुरस्कृत भएको तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो ।
पोखरा । गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१/०८२ को वार्...
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय...
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...

